धनुषा । प्रदेश नम्बर २ प्रदेशसभाबाट पारित गरिएको ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज सो विद्येयक प्रमाणिकरण गरेका हुन्। प्रदेशसभाबाट कात्तिक २ गते पारित भएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको हो ।
परियारको कार्यकालमा प्रमाणिकरण गरिएको यो १३ औँ विधेयक हो भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणिकरण गरिएका विधेयकको संख्या अहिलेसम्म ३५ पुगेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
देउसी, भैलो निषेध
धनुषामा तिहारमा देउसी, भैलो तथा जुवा तास खेल्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सूचना जारी गर्दै सो जानकारी सर्वसाधारणलाई गराइएको छ ।
कोरोना महामारी कोभिड १९ संक्रमणको विद्यमान स्थितिलाई मध्यनजर गर्दै आज बसेको जिल्ला सङ्कट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले तिहार पर्वमा देउसी, भैलो तथा जुवा, तास नखेल्न र तराईको मधेसी समुदायको मुख्य चाड छठ पर्वमा खोला नदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया