गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले गण्डकी प्रदेशसभाले पारित गरी पठाएका चारवटा विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रमाणीकरण गरेका हुन् ।
गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयकसहित खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया