लाग्यो तिहार : फोटोमा हेर्नुहोस् बजारको चहलपहल

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । आज यमदीप दान शुरु गरिन्छ । बेलुकी यमदीप दान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

भोली कात्तिक २८ गते शुक्रबार काग तिहार परेको छ । २९ गते बिहान कुकुरतिहार र साँझ लक्ष्मीपूजा परेको छ । ३० गते गाईगोरु पूजा र म्ह पूजा गरिन्छ भने मंसिर १ गते भाइटीका परेको छ ।

कोरोनाको कहरकाबीच आएको तिहारले छपक्कै छोपेसँगै बजारमा चहलपहल पनि बढेको छ ।

काठमाडौंको असन, इन्द्रचोक, वसन्तपुर लगायतका क्षेत्रमा तिहारको लागि भाइमसला, सप्तरंगीटीका, झिलीमिली बत्ति, मखमली माला, कृत्रिम फूलहरु, फलफूललगायतका विभिन्न सरसामान किन्नेहरुको भीड लागेको छ ।

लोकपथको लेन्सबाट यस्तो देखियो तिहारको चहलपहल फोटोमा हेर्नुहोस्  : 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?