काठमाडौं । ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको १६ औँ राष्ट्रपति बनेका थिए । उनी इमन्दारी र साधारण जीवन बिताउँथे ।
उनी अमेरिकाको सफल राष्ट्रपतिको रुपमा चिनिन्छन् । उनको सबैभन्दा ठूलो कुरा भनेको एक गरिब पृष्ठभूमिबाट राष्ट्रपतिको पदसम्म पुग्नु नै हो । तर उनी जति सहज र सरल थिए, उनकी श्रीमती भने त्यत्तिनै लडाकू थिइन् ।
उनकी श्रीमतीलाई अमेरिकी राष्ट्रपतिहरुको इतिहासमा सबैभन्दा लोभी श्रीमतीको रुपमा चिनिन्छ ।
लिंकनको जीवनी लेख्ने केहि लेखकले यतिसम्म लेखेका छन् कि, उनी श्रीमतीबाट को हाथापाईको शिकार बने ।
उनको दाम्पत्य जीवन कलहमा सकिएको थियो । उनले म्यारी टाडसँग विवाह गरेका थिए । तर उनलाई यो नाता बिल्कुलै मन परेको थिएन । एक पटक सम्बन्ध सकिएको पनि थियो । तर म्यारीले लिंकनसँगै विवाह गर्ने मनशाय बनाएर विवाह गरिन् ।
उनी श्रीमतीबाट बच्न घरबाटै टाढा बस्न थालिसकेका थिए । उनी दिनमा टाढा बस्न जान्थे र रात अफिसमै बिताउँथे ।
१८६० मा जब रिपब्लिकन पार्टीले उनलाई राष्ट्रपतिको उम्मेद्वारीमा चयन गर्यो तब उनले जित्ने कुनै सम्भावना थिएन । सबै बलवान उम्मेद्वार थिए । त्यो बेला लिंकनलाई कसैले चिनेका थिएनन् । त्यो समयमा दासप्रथालाई लिएर दक्षिणी अमेरिकामा विवाद चलिरहेको थियो । त्यो बेला लिंकनको भाषणले सबै मन्त्रमुग्ध बने ।
उनले भाषणमा भनेका थिए, यदि दासता गलत छैन भने केहि पनि गलत छैन । १ जनवरी १९६३ मा राष्ट्रपतिको रुपमा उनले दासप्रथाकोविरुद्ध कानूनमा हस्ताक्षर गरेका थिए । लिंकनको निधन पछि उनकी श्रीमतीले राष्ट्रपति भवनबाट महंगा सामान लगिन् भने धेरै पैसा माग गरेकी थिइन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया