काठमाडौं । ओपोले आफ्नो बार्षिक ओपो ईन्नो डे यही नोवेम्बर महिनाको २७ तारिकका दिन चीनको शन्चनमा ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथमा आयोजना गर्ने घोषणा गरेको छ ।
कार्यक्रमले ईन्टरनेट अफ एक्स्पेरियन्सको यो यूगमा ओपोका अग्रगामी सोच र सफलताहरु प्रस्तुत गर्ने जानकारी दिइएको छ ।
ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी चनका साथै ओपोका उपाध्यक्ष तथा ओपो रिचर्स ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले समेत कार्यक्रममा किनोट प्रस्तुति दिनेछन् । किनोट मार्फत दुवैले नयाँ यूगका लागि कम्पनीका प्राविधिक भिजन र बिजनेश फिलोसोफीबारे जानकारी दिँदै तीन नयाँ अवधारणा उत्पादन (कन्सेप्ट प्रडक्ट्स)पनि सार्वजनिक गर्नेछन् ।
सन् २०१९मा पहिलो पटक आयोजित ओपो ईन्नो डे कम्पनीका लागि आफ्ना प्रमुख प्राविधिक अन्तरदृष्टि प्रस्तुत गर्नुका साथै, भविष्यका प्राविधिक सम्भावना अन्वेषणका लागि समेत एक प्रमुख कार्यक्रमका रुपमा रहँदै आएको छ । पछिल्लो बर्ष ओपोले ईनटेलिजेन्ट कनेक्टिभिटीको अवधारणा अघि सारेको थियो । यस बर्ष सो अवधारणालाई परिस्कृत गर्दै ईन्टरनेट अफ एक्स्पेरियन्सका रुपमा प्रस्तुत गर्ने ओपोको उद्देश्य रहेको छ । ईन्टेलिजेन्ट कनेक्टिभिटी जग मात्र भएको र साधारण जडान भन्दा बृहत्त बस्तुहरुको अभिसरण (कम्भर्जेन्स अफ थिंग्स) अर्थात्, ईन्टरनेट अफ एक्स्पेरियन्स भविष्य हुन ओपोको विश्वास छ ।
स्मार्टवाट्च, फाइभजी सीपीई र एआर ग्लासेज लगायत विभिन्न ग्याजेटहरुको प्रदर्शनी फ्ल्याश चार्जिङ, फाइभजी , ईमेजिङ र सफ्टवेयर अनुकुलन लगायत क्षेत्रमा रोमाञ्चक नवप्रबर्तनात्मक सफलताका साथ प्रदर्शनीमा आइसकेका छन् । यस बर्ष थप नवप्रबर्तनात्मक प्रविधिहरु प्रदर्शित गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रदर्शित हुने तयारीमा रहेका रोमाञ्चक नवप्रबर्तनहरु नजिकबाट नियाल्नका लागि तथा ब्राण्डका साथमा भविष्यतिर अग्रसर हुनका लागि ओपोसंग नोवेम्बर १७मा जोडिन कम्पनीले आग्रह गरेको छ। ओपो ईन्नो डे २०२०बारे थप जानकारीका लागि तल दिइएको लिंकको प्रयोग गर्नु होस् ।
https://events.oppo.com/en/innoday2020/.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया