चिसो बढ्यो : टन्सिलले सताउला है ? यसरी बच्नुहोस् (उपयोगी टिप्ससहित)

काठमाडौं । चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ टन्सिलले सताउनु ।

मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंग, जसलाई टन्सिल भनिन्छ। लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह नै टन्सिल हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ। यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यही टन्सिलमा आन्तरीक वा बाह्य कारणबाट समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा टन्सिलाइटिस भन्ने गरिन्छ।

यो घाँटीमा हुने यस्तो संक्रामक रोग हो, जसले मौसममा आउने परिवर्तनपछि धेरैलाई सताउँछ । चिसो तातो खानको मात्रा, अत्याधिक पिरो, अत्याधिक अमिलो, धेरै चिसो वातावरणमा रहनु आदीका कारण बढीजसो टन्सिलको समस्या उत्पन्न हुन्छ । टन्सिलका कारण बिरामीले ठोस खानामात्रै होईन कुनै तरल चिज पनि पिउन समस्या हुन्छ ।

के हुन् लक्षणहरु

-घाँटीमा फोका आउँनु ।

-गलामा दुखाई हुनु, घाँटीका तन्तुहरु सुन्निनु ।
-प्रायजसो बिरामीलाई टाउको भारी हुन्छ ।
-ज्वरो आउनु ।
-घाँटी चिलाउनु ।
-खसखस गर्नु ।
-सुख्खा हुनु ।
-श्वासबाट गन्ध आउनु
-तरल पदार्थ पिउँदा दुख्नु, निल्न नसक्नु
-ठोस कुरा चपाउन समस्या हुनु
-निल्दा असजिलो हुनु
-घाँटीको तल्लो भागसम्म सुन्निनु
-खानाको स्वाद नआउनु
-टन्सिलको कारण पोल्ने, दुख्ने गर्दा सास लिन र फेर्न अप्ठेरो हुन्छ ।

टन्सिल हुने कारणहरु

-चिसोमा घाँटीको सुरक्षाबिना नै हिँड्नु
-टन्सिल्स कमजोर हुनु
-पचन क्षमता कमजोर हुनु
-अति चिसो अति तातोको प्रभाव
-दुषित हावापानी
-मसालेदार खाना
-चिल्लोचापुल्लो बढि भएको खानेकुराको प्रयोग
-स्वास्थ्यमा ध्यान नदिँदा

यसरी गर्न सकिन्छ टन्सिलको उपचार

-मनतातो तरल पदार्थ पिउने
-सुपहरु बनाएर पिउने
-हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने
-हर्बल चिया पिउने
-कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने
-मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।
-अदुवा र मह हालेर चिया पिउने ।

-चिसोमा हिँडडुल नगर्ने ।
-निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने
एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

लेकपथबाट यसअघि प्रकाशित यी उपयोगी टिप्सहरु छुटाउनुभएको त छैन रु तलको लिंकमा क्लिक गर्नुहोस् ।

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?