काठमाडौं । धर्तीमा रहस्यमय जीवहरुको कमी छैन । तपाईले यस्ता धेरै जीवको नाम सुन्नु भएको होला, जसको शारीरिक बनावट, उनीहरुको लक्षण र स्वभावहरुको बारेमा ।
आज हामी तपाईलाई त्यस्तै एउटा जीवको बारेमा बतताएँदै छौँ, जो केहि नखाई वर्षौंसम्म जीवित रहन सक्छ । स्यालामेण्डर नामक यो जीव एकदमै ठूलो रहेको छ ।
जो एउटा छेपारो जस्तो देखिन्छ । यो जीव स्लोवेनियादेखि क्रोएशिया जस्तो देशमा रहेका विभिन्न पानी भित्रका गुफामा पाइन्छ ।
वैज्ञानिकका अनुसार यो जीवको छाला र अविकसित आँखाले यसलाइ देख्न नसक्ने बनाउँछ । त्यसैले यो जीव त्यहाँबाट यत्रतत्र सर्दैन ।
बिना खानपान यो जीव ७ वर्षसम्म जीवित रहन सक्छ । यो जीव आफ्नो सबै जीवन पानी भित्रै बिताउँछ । यसको उमेर १०० वर्षको हुन्छ । यो संसारकै दुर्लभ जीव मध्येको एक हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया