दश पटक भयो विवाह, अझै पनि असल जीवनसाथीको खोजीमा !

काठमाडौं । अमेरिकामा एक महिलाले दश पटक विवाह गरिसकिन् तर अझै पनि उनी जीवनसाथीको खोजीमा रहेको बताउछिन् । हरेक मानिसको चाहना आफ्नो जीवनसाथी असल होस् भन्ने नै हुन्छ, तर असल जीवनसाथी पाउँन नसकेपछि उनी अझैपनि जीवनसाथीको खोजीमा रहेकी हुन् ।

दश पटकसम्म विवाह गरिसक्दा पनि उनलाई विवाहको संख्याको बारेमा केहि मतलब छैन तर आफ्नो लागि ‘मिस्टर राइट’ को खोजीमा भने उनी पक्कै लागिपरिहेकी छिन् । परफेक्ट जीवनसाथीको खोजीमा अझै कति बिहे गरिएला यस बारे कुनै चासो नभएको उनी बताउछिन् ।

अमेरिकाको न्युयोर्कमा बस्दै आएकी केइसी नामकी यी महिलाले अमेरिकी सञ्चार माध्यममा आफ्नो यो अनौठो राज खोलेकी हुन् । एक सफल व्यवसायीका रुपमा परिचित यी महिलाले अन्तवार्ताका क्रममा आफ्नो व्यक्तिगत जीवनबारे बताएकी हुन् ।

५६ वर्षीया केइसीले वैवाहिक सम्बन्धको खटपटले आफूलाई खुसी दिन नसकेकाले दशौं पतिलाई पनि डिभोर्स दिएको बताएकी हुन् । पतिसँगको डिभोर्स पछि भने हाल उनी सिंगल रहेको र नयाँ पार्टनरको खोजीमा रहेको बताएकी छिन् ।

१० जना पुरुषसँग विवाह गरिसकेकी केइसीका विवाहमध्ये सबैभन्दा टिकेको विवाह चाहिँ ८ वर्ष थियो । त्यो वैवाहिक सम्बन्ध जीवनभर टिक्ला भन्ने उनको आशा थियो तर सोचेको भएन ।

त्यस्तै सबैभन्दा कम समयमै डिभोर्स भएको वैवाहिक सम्बन्ध केवल ६ महिनामै टुटेको थियो । जीवनमा १० पटक विवाह गर्ने क्रममा आफूले निकै धेरै उतारचढाव व्यहोरेको केइसी बताउँछिन् ।

१० पटक विवाह गर्नु आफ्ना लागि गर्वको विषय नभए तापनि आफू दुःखी पनि नरहेको उनको भनाइ छ । सम्बन्ध अगाडि बढ्न नसक्ने अवस्थामा पुगेपछि डिभोर्सको निर्णय लिइहाल्ने उनको बानी छ । दश पटकसम्म विवाह गरेकी उनको एउटा छोरा पनि छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?