वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदिप यादवले हरेक वर्ष झैँ यस वर्षपनि छठ व्रतालुहरुलाई साडी वितरण गरेका छन् । आजदेखि सुरु भएको छठ पर्वको अवसरमा विरगंज १६ नगवा शिव मन्दिर र शिव टोलमा आयोजित एक कार्यक्रममा छठ व्रतालुहरुलाई सांसद यादवले साडी वितरण गरेका हुन् ।
वडा न.१६ का अध्यक्ष श्यामबाबु चौरसियाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद एवम् जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रदिप यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २५० व्रतालुहरुलाई साडी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सांसद यादवले नेपालीहरुको महान् एवम् पवित्र छठ पर्व गर्ने व्रतालुहरुले नयाँ साडी लाउनुपर्ने भएको र सबैसँग सो को उपलब्धता नहुने भएकोले छठको विशेष उपलक्ष्यमा व्रतालुहरुलाई साडी वितरण गरिएको बताए ।
नयाँ र चोखो कपडा लगाई तलाउमा स्नान गरी शुद्धतालाई विशेष ध्यान दिइने छठ पर्वको अवसरमा आर्थिक रुपले विपन्न परिवारका व्रतालुहरुलाई आफूले पाउने सेवा सुबिधाबाट साडी वितरण गरिएको र आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता दिने सांसद यादवको प्रतिवद्धता छ ।
कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष अरुण यादव, एकाई उपाध्यक्ष सेख अब्दुल स्थानीय नेता अशोक साह ,समाजवादी युवा संघका केन्द्रीय सचिव सरोज यादव लगायतको उपस्थिती रहेको स्वकीय सचिव निखिल वर्णवालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया