धेरै पानी पिउँदा शरीरलाई पर्दछ यस्तो असर !

काठमाडौं । पानी स्वास्थ्यका लागि अत्यावश्यक तरल पदार्थ हो । तर आवश्यकताभन्दा धेरैपानी पिउँदा मोटोपन बढ्न सक्दछ ।

सामान्यतया मानिसहरू पानी पिएपछि तौल घट्छ र बोसो पग्लिन्छ भन्ने गर्दछन् ।

चिकित्सकहरूका अनुसार, एक स्वस्थ व्यक्तिले दिनमा चार लिटर जति पानी पिउनुपर्छ । जिम गरेपछि, अभ्यास गरेपछि, धेरै मिहेनत गरेपछि अनि गर्मीमा पानीको मात्रा बढाउनुपर्छ । तर दिनदिनै ६ लिटर जति पानी पिउन थाल्दा स्वास्थ्यमा असर पर्छ ।

शरीरमा बोसो जम्मा हुन थालेपछि हाम्रो तौल बढ्छ । जमेको बोसोका कोशिकाहरूमा पानी पनि हुन्छन् ।

यस्तो अवस्थामा आवश्यकताभन्दा धेरै पानी पिउँदा मिर्गौलाले शरीरबाट पानी निकाल्न सक्दैन । अनि त्यो बाँकी पानीले शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिगार्दछ ।

त्यसले गर्दा शरीरमा पानी जम्मा हुन्छ र तौल बढ्दछ । यो पानी शरीरबाट निस्कन २४ घन्टा लाग्छ । तर दिनदिनै धेरै पानी पिउँदा मोटोपन बढ्छ ।

धेरे सोडियम र कम पोटेसियम सेवन गर्दा बढी प्यास लाग्छ । नून सोडियमबाट बनेको हुन्छ र धेरै नूनिलो खाने मानिसलाई बढी प्यास लाग्छ ।

नूनले कोशिकाहरूबाट पानी बाहिर निकाल्छ । तपाईले धेर नूनिलो खाने गर्नुभएको छ भने तपाईका कोशिकाले मस्तिष्कलाई छिटोछिटो प्यास लागेको संकेत गराउँदछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?