काठमाडौं । टमाटर तरकारी, अचार वा काँचै खाने गरिन्छ । धेरैजसो मानिसहरु टमाटरलाई अचार बनाएर खानासँग मीठो र स्वादिलोसँग खाने गर्दछन् ।
तर टमाटरको फाइदाहरुका बारेमा तपाईलाई सायदै कमै मात्रामा थाहा होला । आयुर्वेदका अनुसार टमाटरको सेवन गर्दा यसका अनेकौ फाइदा रहेका छन् ।
टमाटरको सेवनले मृगौलाको समस्या, पेटको समस्या, छाला तथा कपालको समस्याबाट छुटकरा मिल्ने आयुर्वेदमा उल्लेख छ ।
घरमा पाहुना आउदा, खाना नरुचेमा वा मुखको स्वाद फेर्नका लागि टमाटरको स्वादिष्ट अचार बनाएर खान सकिन्छ ।
यसरी बनउँनुस् टमाटरको स्वादिष्ट
टमाटरको अचार बनाउन चाहिने सामग्रीः
टमाटर, स्वादअनुसार नुन , हरियो खुर्सानी, जिरा, बेसार र आधा चम्चा तोरीको तेल ।
टमाटरको अचार बनाउने विधिः
एउटा प्यानमा अलिकति तेल हाल्ने, जिरा र हरियो खुर्सानी पड्काउने, र त्यसमा टमाटर, बेसार, नुन र मसला राखेर मिसाउनु पर्छ ।
टमाटर अलिकति गल्न थाले पछि निकालेर सिलौटा वा मिक्सरमा पिस्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया