काठमाडौं । विश्व रेकर्ड बनाउनु कुनै सामान्य कुरा होइन । त्यसको लागि आत्मविश्वासको आवश्यक्ता पर्दछ ।
साथै सफलताका लागि मिहेनतको पनि अत्याधिक आवश्यक्ता पर्छ । आज हामी तपाईलाई विश्वका अनौठा ५ विश्व रेकर्डको बारेमा जानकारी दिनेछौँ ।
१. संसारको सबैभन्दा ठूलो प्याजको तौल ८ किलोग्रामभन्दा पनि धेरै रहेका छ ।
यो प्याज इंग्ल्याण्डमा बस्ने पीटर ग्लेजब्रुकले फलाएका थिए । त्यसैले उनको नाम गिनिज बुब अफ दी वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।
२.भारतको गुजरातकी १७ वर्षीया नीलान्सी पटेलको विश्वमै लामो कपाल छ । उनको कपालको लम्बाई ६ फीट भन्दा पनि धेरै छ । उनको नाम पनि विश्व रेकर्डमा दर्ता भएको छ ।
३. दारी लामो बनाएर पनि विश्व रेकर्ड बनेको छ । भारतको राजस्थानका राम सिंह चौहानले १४ फिट लामो दारी बनाएर विश्व रेकर्ड राखेका छन् । उनले ३९ वर्ष यता दारी पाली रहेका छन् ।
४. यी महिलाको नाम क्रिस वाल्टन रहेको छ । उनको नाम विश्वमा सबैभन्दा लामो नङ भएकोमा दर्ता भएको छ ।
उनको बायाँ हातको नङको लम्बाई १० फीट २ इन्च रहेको छ । साथै दायाँ हातको नङको लम्बाई नौ फीट ७ इन्च रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया