नेपालको व्यवसायीक वातावरण र यसको समस्या

काठमाडौं । नेपालको सन्दर्भमा व्यवसाय गर्नका लागि लगत धेरै लाग्ने गरेको विषयमा व्यवसयाीहरुले गुनासो गर्दै आएका छन् । व्यावसाय सञ्चालन गर्ने लागत घटाउने सन्दर्भमा उद्योग बाणिज्य माहासंघले आगामी दिनमा के कस्ता कदमहरु उठाउनेछ यो विषय गम्भीर बनेको छ ।

मुलुकमा  मंसीरको दोस्रो साता हुने महासंघको चुनाव र नयाँ पदाधिकारीले व्यवसायीक क्षेत्रको लागी के कस्ता रणनिति ल्याउनेछन भन्नेमा व्यवसायीको चासो बढ्दै गएको छ ।

नेपाली उत्पादन कम रहेको अवस्था त्यसमा पनि स्वदेशी बजारलाई लक्षित गरेर व्यापार गर्न असम्भव रहेको व्यापारिको भनाई छ । उत्पादीत सामाग्रीलाई अन्तराष्ट्रिय बजार सम्म पुग्न समस्या रहेको व्यवसायीको भनाई छ ।

व्यवसायीका समस्या र त्यसलाई के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा हामीले नेपाल चेम्बर अफ कर्मसका वरिष्ट उपाध्यक्ष राजेन्द्र मल्ल संग कुराकानी गरेका छौ ।

व्यवसायीक क्षेत्रमा निकै समस्या रहेको डुईङ र वाईङ कष्ट महंगो भएको नेपाल चेम्बर अफ कर्मसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । अन्तराष्ट्रिय बजारको लागी मुख्य गरि विचौलीयाले खेल्ने भुमीकाको कारणले लागत बढेको उनको भनाई छ । अन्य मुलुकमा नेपाली उत्पादन पुर्याउन कठिन छ त्यसको लागी हाम्रो भुपरिवेष्टीत राष्ट्र भएको हुदा अन्यसमुन्द्रको पहुचबाट टाडा , अन्य मुलुक संग प्रतिस्पर्धा गर्न समस्या , उत्पादन प्रकृयालाई झन्झटिलो नबनाई वन गेट सिस्टमको विकाश गर्न‘ पर्ने उपाध्यक्ष मल्लले बताउनु हुन्छ ।

नेपाली उत्पादन गुणस्तर र व्यवस्थापनको कारणले पछाडि परेको देखिन्छ । आगामी पदाधीकारीले अन्य मुलुक संग सिक्नु पर्ने हुन्छ । अहिले आफ्नै मुलुकमा दक्ष जनशक्ती पाउन सकिन्छ , कोभिडको कारणले अन्य मुलुकमा गएका नेपाली घर फर्किएका छन । त्यसलाई सहि स्थान दिएर परिचालन गर्न सकेमा उद्योग वाणिज्य सहासंघका लागी चयन हुने नयाँ पदाधीकारीले राम्रो सफलता प्राप्ती गर्ने देखिन्छ । यसमा सरकारको साथ पनि समान मात्रामा आवश्यक रहेको छ ।

यसै गरि वरिष्ठ उपाध्यक्ष मल्लले पदाधीकारीको अर्को जिम्मेवारि डुईङ विजनेस कस्ट कम गर्नु पर्ने बताए । यो कस्ट महंगो हुदा व्यवसायीहरुलाई समस्या हुदै आएको बताउँछन ।

नेपालमा सबै वस्तु सामाग्री रहेको बताउदै उनले कच्चा पर्दाथ हाम्रो देशबाट निर्यात भएर ठुलो धनराषि खर्च गरेर आयात गर्नु परेको दुखेसो व्यक्त गरे ।

आगामी दिनमा सरकार र निजी क्षेत्र उत्पादन बढाउने कार्यमा लाग्नु पर्ने बताए । प्रचुर सम्भावना रहेको जलविद्युत क्षेत्रमा लगानीको वातावरण सृजना गर्नुपर्ने तथा नेपाललाई आत्मनिर्भर बनाउन तर्फ लाग्नु पर्ने नेपाल चेम्बर अफ कर्मसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको भनाई छ ।

गत वर्षको तथ्यांकमा नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको हो । तर अहिले नेपालमा मात्र नभएर विश्वमा नै कोरोनाका कारणले असर पारेको छ । कैयौ, विकसशील मुलुकले स्वास्थ्य सर्तकता अपनाउदै व्यापार व्यवसाय सञ्चालन गरेका छन भने कतिपय महामारिको चपेटामा छन । अफ, नेपालको सन्र्दभमा अहिलेकोे समय चुनौतीपुर्ण रहेको छ । आयातमा भर ,रोजगारीको लागी अन्य मुलुकमा भर पर्ने लगाएतका समस्या यथावत रहेका छन,मुलुकमा उत्पादनको कमी तथा व्यवसाय गर्ने वातावरणको अभावमा सबै समस्याहरु दिन प्रति दिन जटिल बन्दै गरेका छन ।

देशमा विद्यमान व्यावसायिक वातावरण र उपलब्ध प्रोत्साहनको उपयोग गर्दै नवीनतम सोच र प्रविधिसहितको लगानी वृद्धि गरी आय र रोजगारी बढाउने तथा प्रतिस्पर्धाको माध्यमबाट दक्षता र उत्पादकत्व वृद्धि गरी निजी क्षेत्रले समग्र आर्थिक वृद्धिको वाहकको भूमिका निर्वाह गर्ने क्षमता निजी क्षेत्रमा रहेको हुन्छ । निजी क्षेत्रमा रहेको व्यावसायिकता, नवीनतम सोच र उद्यमशीलताको विकासबाट यसलाई देशको आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा अगाडि बढाउनुपर्ने सकिने संभावनाको सन्दर्भमा निजी क्षेत्रको भूमिका र आवश्यकता दिनानुदिन बढ्दै गैरहेको छ । निजी क्षेत्रसँग रहेको सीप र लगानीको स्रोत उत्पादनशील क्षेत्रमा लगाई रोजगारमूलक उत्पादन र आयमा वृद्धि गर्नु, सरकार–निजी क्षेत्रको साझेदारीबाट पूर्वाधारको क्षेत्रमा लगानी बढाउन सकिनेर अन्तर्राष्ट्रिय व्यापारको मात्रा बढाई निकासी प्रवद्र्धन गर्न सकिने संभावनाहरु रहेका हुन्छन् ।

निजी क्षेत्रले नेपालको सर्वाङिण, संतुलन तथा समतामुलक अर्थिक विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । तसर्थ आर्थिक असक्षमता तथा लगानिमैत्रि वातावरणको अभाव जस्ता चुनौतिहरु सामना गरीरहेको नेपालको निजी क्षेत्रलाई थप प्रोत्साहन तथा उत्पे्ररणा साथ नेपाल सरकारले आगामी दिनमा मुलुकको समग्र आर्थिक विकासका लागि हातेमालो गर्दै आर्थिक सहयात्रीका रुपमा अघि बढनु नितान्त आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?