रौतहट, १३ असोज – दुुईदशकपश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ ।बिहीबार राति फेरि एकजनाको हत्या भएको छ । यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुुगेको छ । मौलापुुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ ।मौलापुुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नपा–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साहको हत्या भएको प्रहरीले जनाएको छ ।चिरान मिल छेउमा रहेको भागरित साहको घरको अगाडि सुुतिरहेको अवस्थामा वीरेन्द्र साह आज बिहान मृत फेला परेका हुन् ।खाटमाथि झुुलभित्र सुुतिरहेका मृतक साहको टाउकामा अज्ञात मानिसले भाला प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।प्रहरी उपरीक्षक पोखरेलका अनुुसार व्यक्तिगत रिसइबीका कारण साहको हत्या भएको प्रहरीको बुुझाइ छ ।प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुुसन्धान गरिरहेको पोखरेलले जानकारी दिए ।मृतक साहले मौलापुुर बजार छेउमा स्थापना गरेको चिरान मिल केही दिन अघिदेखि मात्र सञ्चालनमा आएको थियो ।यसअघि परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडा उम्मेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकाका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ ।निर्वाचनपछि जिल्लामा चोरीका घटनासँगै ठाउँठाउँमा कुटपिटका घटनासमेत हुन थालेका छन् ।गएराति कटहरिया नपा–५ बजारस्थित राजुु मोबाइल रिपेयरिङ सेन्टर पसलमा ढोका फोडेर ल्यापटप, मोबाइल गरी करिब रु एक लाख ५० हजार बराबरको चोरी भएको पसलधनी अमिन्दर यादवले बताए ।त्यसैगरी, बुुधबार राति गरुडा बजारस्थित आयुुस्मान ट्रेडर्स पसलको ढोकाको ताला खोलेर चोर समूहले करिब रु १४ लाखको सामान चोरेर लगेका छन् ।प्रहरीको लापर्बाहीले यत्रो ठूुलो चोरीको घटना भएको भन्दै पसलधनी पवन जयसवालसँगै स्थानीय व्यापारीले बिहीबार गौर, चन्द्रपुर सडकखण्डमा करिब पाँच घण्टा चक्काजाम गरेका थिए ।प्रहरीले सुुरक्षामा सक्रियता बढाउने शर्तमा दिउँसो २ बजे बाटो खुुलाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।त्यसैगरी, गौर र गरुडामा दुुईवटा मोटरसाइकल पनि निर्वाचनपछि नै चोरी भएको जिप्रका रौतहटको तथ्यांकमा रहेको छ ।स्थानीय निर्वाचनमा पराजित र बिजयी भएका कार्यकर्ताबीच पटक–पटक कुुटपिटका घटना पनि भइरहेका छन् ।वृन्दावन नपा, कटहरिया, देवाही गोनाहीलगायत १८ स्थानीय तहका अधिकांश ठाउँमा कार्यकर्ताबीच भनाभन र कुुटपिटका घटना भइरहेको प्रहरीले जनाएको छ ।प्रजिअ उद्धवबहादुुर थापाले सुुरक्षित वातावरणमा निर्वाचन सम्पन्न भएपश्चात् हार र जितलाई सबैले स्वाभाविक प्रक्रियाको रुपमा बुुझ्नुुपर्ने बताए ।दशैँ तिहारमा सबै मानिस आफैँमा व्यस्त हुने भएकाले गस्तीलाई व्यापक बनाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ थापाले जानकारी दिए ।जित हारलाई सबैले अंगिकार गरी संयमित रहन र चोरीका घटना हुन नदिन प्रहरीसँगै सबै जिल्लावासी सजग रहन प्रजिअ थापाले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया