विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २०७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ९५ महिला छन् । थपिएको संक्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीनरतीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने आज थपिएका सहित २१ हजार ४९१ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीनरतीन जना छन् । कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा सङ्क्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन् । हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया