गण्डकीमा ७४ संक्रमित थप

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिला छन् ।

प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । कूल संक्रमितको सङ्ख्या ११ हजार ५५३ छ भने छ हजार ७४० जना निको भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या चार हजार ६६९ पुगेको निर्देशनालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?