काठमाडौं । विश्वमा पुल भन्ने बित्तिकै हामीले पक्कि तथा काठेपुलहरुवा झोलुंगे पुलहरु भन्ने बुझ्दछौँ । तर संसारमा यस्तो पनि एउटा ठाँउ छ जहाँ सिमेन्ट, फलाम, ढुंगा, बालुवा, गिटी र काठको पुल नभई रुखको जराले बनेको पुल छ ।
झनै अनौठो त के छ भने पुल कुनै मानिसले बनाएको नभई आफै प्राकृतिक रुपमा निर्माण भएको हो। भारतको मेघालयमा रुखको जराबाट बनेको पुल रहेको छ । जहाँ त्यहाँका मानिसहरु सोहि रुखको जराले बनेको पुलबाट नै वारपार गर्ने गर्दछन् ।
लगभग पचास मिटर सम्ममा छरिएको रुखको जराको पुलमा मानिसहरुले आवतजावत गरेका कारणले झन बलियो हुँदै गएको विज्ञहरुले बताएका छन् ।
मानिसहरुको संरक्षणमा रहेको उक्त पुलमा वृद्धि, क्षय र पुनः निर्माणको प्रक्रिया आफैँ हुने गरेको पनि बताईने गरको भारतीय सञ्चारमाध्यामहरुमा खबर छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया