काठमाडौं । संसारमा कुनै माहिलाले जुम्ल्याहा र तिम्ल्याहा बच्चाहरु जन्माउछन् भने त्यो एकै बुवाका सन्तान हुन्छन् ।
तर आज हामी तपाईलाई यस्तो अनौठो कुरा सुनाउन गईरहेका छौँ, जसको सन्तान त जुम्ल्याहा छन् तर उनिहरुको बुवा फरक-फरक छन् । चीनमा केहि महिना अगाडि यस्तै घटना भयो ।
जसको आमाले जुम्ल्याहा बच्चा त जन्माईन तर बुवा फरक फरक निस्किए। चीनको सियामेन सिटीमा सो घटना भएको पुष्टि भएको थियो ।
डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनिया सञ्चार माध्यमलाई उधृत गर्दै डेली मेल अनलानइनले खबर प्रकाशित गरेको छ ।
जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिस स्टेशनमा गएका थिए ।
सोहि क्रममा उक्त घटना बाहिर आएको थियो । अन्त्यमा महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको बताएकी थिइन् । यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया