काठमाडौं । संसारमा मान्छेहरुले आफ्नो दुश्मनलाई मार्न आँखा चिम्लिएर पैसाको खोलो बगाउने गरेको खबर त हामीले सुनेका नै छौँ ।
संसारमा एउटा यस्ते ठाउँ पनि छ, जहाँ मुसा मार्नको लागी १ करोड ५२ लाख भारु खर्च भएको छ ।
छिमकी देश भारतमा मुसा मार्नकै लागि १ करोड ५२ लाख भारु खर्च गरिएको छ । भारतको रेलवे विभागले झण्डै साढे ५ हजार मुसा मार्नका लागि सो रकम खर्च गरेको हो ।
वास्तवमा भारतीय रेल्वे स्टेशनले मुसाको बढ्दो संख्या घटाउनको लागि यति धेरै रकम खर्च गरेको हो।
भारतीय सञ्चारमाध्यामका अनुसार पछिल्लो ३ वर्षमा मुसा नियन्त्रणका लागि १ करोड ५२ लाख भारु रेल्वे स्टेशनले खर्च गरेको हो ।
अझ अनौठो कुरा त के छ भने त्यति धेरै रुपैयाँ खर्च हुँदा समेत रेलवे विभागले अझै मुसाको अतंकबाट मुक्ति पाउन सकेको छैन ।
भारतीय सञ्चारमाध्यामका अनुसार १ करोड ५२ लाख ४१ हजार ६८९ भारु खर्च गर्दा तीन वर्षमा जम्मा ५ हजार ४ सय ५७ वटा मात्र मुसा मारिएको छ ।
मुसाले रेलभित्र यात्रुहरुका सामान काटिदिने, रेलमा राखिएका खानेकुरा खाइदिने र अन्य सामानहरु समेत काटेर बिगारिदिने गर्दछ ।
त्यतिमात्र होइन रेल सञ्जालका तारहरु मुसाले काटिदिएर रेलवे सेवा नै प्रभावित हुने र रेलको लिकमुनि मुसाले प्वाल पार्दा लिक नै धसिने गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् ।
मुसाहरु मार्नका लागि भारतीय रेल्वेले ठेकेदार नियुक्त गर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया