विश्वकै महंगो आलुचिप्स, एक पिसकै पर्छ १२ सय !

काठमाडौं । अधिकांश मानिसहरूलाई आलु चिप्स अत्याधिक नै मन पर्दछ । हामीले बजारबाट किनेर खाने गरेको आलु चिप्सका प्याकेटको मूल्य धेरैमा १०० रुपैयाँ पर्न सक्दछ ।

तर, स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले संसारकै सबैभन्दा महंगो आलु चिप्सको उत्पादन गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार संसारको सबैभन्दा महंगो आलु चिप्सको एक प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ ।

उक्त आलु चिप्सको एक प्याकेटमा जम्मा पाँच वटा मात्र चिप्स हुन्छन् । एउटै आलु चिप्सको टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्न जान्छ ।

चिप्सको प्याकिङ अन्य आलु चिप्सको प्लास्टिकको प्याकेट जस्तो नभइ महंगो गहनाको प्याकेटमा गरिएको छ ।

उक्त चिप्समा बजारमा सर्वसुलभ रूपमा उपलब्ध नभई १०० वटा मात्र उत्पादन गरिन्छ जुन बन्नेबित्तिकै बिक्री समेत हुने गरेको छ ।
चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र हुन्छ जसले चिप्स खाएपछि पनि विश्वमा सबैभन्दा महँगो चिप्स किनेको सुनिश्चित गर्दछ ।

आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार चिप्स बनाउनका लागि प्रयोग गरिएको सामग्रीहरू निकै दुर्लभ छन् ।

चिप्समा प्रयोग गरिएको आलु तथा प्याज पनि दुर्लभ जातको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?