जनकपुरधाम, १४ असोज – मिथिलाञ्चलको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसपटक बलि दिनेको संख्यामा कमी आएको छ ।गत वर्षभन्दा दुई हजार ३१० बोका बलि दिनेको संख्यामा कमी आएको छ । गत वर्ष सो मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएकोमा यस पटक १२ हजार ३१७ बोकाको बलि दिइएको छ ।जनकवंशी राजाहरूको कुलदेवीका रूपमा विश्वास गरिएको सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालोको विजय, कार्यसिद्धि र मनोकामना पूर्णको प्रतीकका रूपमा बोकाको बलि दिने चलन छ ।राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी, किशोरीले नामले पूजाअर्चना गर्ने परम्परा छ । अनिकाल र संकटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास छ ।सो मन्दिरमा बोकाको बलि दिनेको संख्यामा कमी आए पनि खोइँछ भर्ने र प्रसाद चढाउनेमा श्रद्धालुको भीड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया