जवान रहनका लागि आफ्नै पिशाव पिउँछन् यी व्यक्ति

काठमाडौं । संसारमा फरक फरक मानिसहरु छन् । र उनीहरुले अनौठा अनौठा कामहरु गरिरहेका हुन्छन् तर गरिएका प्रत्येक कामको आ-आफ्नै तर्कहरु पनि छन् ।

इंग्ल्याण्डका एक ३२ वर्षीय व्यक्ति त्यसै मध्येका एक हुन् । लामो समयसम्म जवान रहनको लागि पिशाब पिउन धेरै फाइदाजनक रहेको उनी बताउँछन् ।

उनी गएका ४ वर्ष यता लगातार विहान उठेर आफ्नै पिशाव पिउँछन् । त्यति मात्रै होइन, पिशाव पिएपछि उनलाई डिप्रेशनबाट पनि मुक्रि मिलेको उनले दाबी गरेका छन् ।

जवान रहनको लागि आफ्नै पिशाव पिउँदै आएका ति व्यक्तिको नाम हो ह्यारी मतादीन् । उनी इंग्ल्याण्डको ह्याम्पशायरमा बस्दै आएका छन् ।

प्रत्येक विहान लगभग २०० एमएल बासी पिशाव पिउने गरेको ह्यारी बताउँछन् । उनले पिउने पिशाव एक हप्ता देखि एक महिनासम्मको बासी हुने गर्दछ । बासी पिशावमा एन्टी एजिंग तत्व हुने गरेको उनले बताएका छन् ।

जसले मानिसलाई लामो आयु दिने गरेको उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुसँग बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?