काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मत परिणाम आउने क्रम जारी रहेको छ ।
यसैबिच कार्यकारिणी समिति सदस्यमा प्रदेशतर्फका कार्यकारी सदस्यको पनि मतपरिणाम सार्वजनिक भएको छ।
जसमा प्रदेश १ मा राजेन्द्रकुमार राउत निर्विरोध चुनिएका थिए। प्रदेश २ बाट विजयकुमार शाह निर्वाचित भएका छन् बागमती प्रदेश सदस्यमा सहनलाल प्रधान विजयी भएका हुन्।
यस्तै, गण्डकीबाट बाबुराम गिरी पनि महासंघ कार्यकारी सदस्य भएका छन् भने लुम्बिनीबाट शमशेर मियाँ चुनिए। कर्णालीबाट लालिममान बुढा र सुदरपश्चिममा पुष्पराज कुमारले जित हात पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया