एशोसिएट कार्यकारीणी सदस्यमा अम्बीका प्रसाद पौडेलको लिड

काठमाडौं । चर्चीत शेयर लगानीकर्ता अम्बीका प्रसाद पौडेलले एशोसिएटतर्फको कार्यकारीणी सदस्यमा लिड गरिरहेका छन् ।

महासंघको मत परिणाम आउने क्रममा वस्तुगत र जिल्ला नगर तर्फ किशोर प्रधान प्यानलका उम्मेद्वारले जित हात पारिसकेका छन् भने एशोसिएट तर्फको मत गणना जारी रहेको छ ।

एशोसिएट तर्फको उपाध्यक्षमा किशोर प्रधान प्यानलका शौरभ ज्योती र चन्द्र ढकाल प्यानलका रामचन्द्र सांधाई प्रतिस्पर्धी रहेका छन् । यो समाचार तयार पार्दसम्म एशोसिएट तर्फ ७० प्रतिशत मत गणना भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?