श्रीमतीलाई बोकेर दौडिने ३०० वर्ष पुरानो अनौठो परम्परा !

काठमाडौं । ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा आइतवार सकिएको छ । उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ ।

४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए । दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० ग्राम हुनु पर्दछ ।

रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडि बाटै आफ्नो तौल घटाउन थाल्दछन् । उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ ।

यो प्रतियोगिता केहि समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरी प्रतियोगिता शुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?