काठमाडौं । एक पतिले आफ्नी पत्नीको प्रताडनाबाट छुटकरा पाउनका लागि आफ्नी श्रीमतीलाई सम्बन्धविच्छेद गरेका छन् । त्यति मात्र होइन सम्बन्धपछि श्रीमतीलाई पैसा दिन नपरोस् भनेर ती व्यक्तिले १० लाख डलर समेत जलाइदिएका छन् ।
यो घटना क्यानडास्थित ओटावाको हो । त्यहाँका ५५ वर्षीय व्यवसायी ब्रूस मेककनविलेले श्रीमती र बच्चालाई पैसा दिन मन नभएको भन्दै १० लाख डलर जलाएका हुन् ।
ब्रूसले ओटावाको अदालतमा न्यायाधीशलाई विवाहपछि पत्नीसँग राम्रो सम्बन्ध नरहेको र केहि समयपछि नै नराम्रो हुन थालेकोले सँगै बस्न नसकेको बताएका छन् ।
साथै ति व्यक्तिले भने, ‘जेसुकै होस् म पत्नीलाई पैसा दिन चाहदैन थिएँ। त्यसैले पैसा जलाइदिएँ।’ अदालतले उक्त व्यक्तिलाई ३० दिनको जेल सजाय सुनाएको छ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया