काठमाडौं । महाभारत र रामायण नसुन्ने मानिस नेपालमा सायदै होलान् । तपाईले रामायणमा राम, सीता, लक्ष्मण, हनुमान, रावण लगायत धेरै पात्रहरुको कथा सुन्नु भएकै होला ।
आज हामी तपाईलाई माता सीताले वनबासको बेला किन पहेँलो रङकै कपडा लगाइन् भन्ने कुराको बारेमा जानकारी दिनेछौँ ।
भगवान श्रीराम, लक्ष्मण र सीताले वनबासको बेला पहेँलो रङकै कपडा लगाएका थिए । १४ वर्षको वनबासमा मोह, माया र घमण्ड रहित भएर वनबासमा जानुपर्ने थियो ।
त्यसैले उनहरुले राजसी कपडाहरु त्यागेर अन्य कपडा लगाए । साधु सन्तहरुले तपस्यामा गएका बेला गेरु कपडा लगाउँछन् । तर उनीहरु साधुसन्त नभएकोले गेरु कपडाको स्थानमा पहेँलो रङको कपडा चुनेका थिए ।
उनी तपस्याको लागि गएको तर साधु, सन्यासी नभएकोले यो रङको कपडा लगाएका धर्मशास्त्रमा वर्णित छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया