फेसबुकले सोध्यो, “ह्वाट्स अन योर माईन्ड?”हजुरबुबाको पोष्टले रुवायो धेरैलाई !

काठमाडौं- तपाई फेसबुक चलाउनुहुन्छ भने पक्कै पनि फेसबुकले सोध्ने ‘ह्वाट्स अन योर माईन्ड’ भन्ने प्रश्नसँग अनविज्ञ हुनुहुन्न । तर फेसबुकले सोधिहाल्यो भनेर आफ्ना मनका अन्तरकुन्तर लुकेका भावना सेयर गर्ने भन्ने पनि राम्रो कुरा होईन । यद्यपी भर्खरै फेसबुक खोलेकाहरुले भने स- साना कुरा पनि फेसबुमा राखिदिन्छन् र तिमध्ये केहि दयाको पात्र बन्छन् त कोही हाँसोको ।

यस्तै भएको छ एक फेसबुक प्रयोगकर्ताको सवालमा ।

हजुरबुबालाई फेसबुक चलाउन मन लागेका कारण उनले नातिसँग फेसबुक खोलिदिन आग्रह गर्छन् ।

नातिले पनि उनको फेसबुक खोलिलिन्छन् त्यसपछि उनलाई सबै प्रयोगकर्ता जस्तै फेसबुकले सोध्छ, ‘ह्वाट्स अन योर माईन्ड ?’ 
उनले लेख्छन् – ‘माई वाईफ’ अर्थात् मेरो श्रीमति ।

एक बच्चा वृद्धका नातिले आफ्ना हजुरबुबाको फेसबुक अकाउण्ट खोलेका कारण उनले आफ्ना भावना साट्न पाएको भनी ति नयाँ स्मार्टफोन किनेका हजुरबुवाको पोष्ट ‘भाइरल’ भयो ।

आघा नामका ट्विटर युजरले लेखेका छन्, “मैले आफ्ना हजुरबुबाको फेसबुक अकाउण्ट खोले, किनभने उनले नयाँ स्मार्टफोन किनेका थिए, आज मैले उनको फेसबुब स्टाटस देखेँँ कि त्यो पढेर जो कोहि पनि भावुक बन्छ । स्टाटसमा लेखिएको थियो, मेरी पत्नी ।
त्यसपछि मैले हजुरबुबालाई नै केहि नबुझेको भएर सोधेँ । हजुरबुबाले भने – जब मलाई फेसबुकले तेरो दिमागमा के चलिरहेको छ भनेर सोध्यो र मैले मेरी पत्नी लेखेको हुँ ।”

त्यो सुन्ने बित्तिकै उनका नाती मुस्कुराउन थाले । यो पोस्ट अहिले धेरै भाइरल भईरहेको छ ।

ति वृद्धले आफ्नी श्रीमतिलाई गरेर माया देखेर धेरै भावुक हुँदै सेयर गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन् – ‘टिएरिङ’ अर्थात् ‘रोइरहेको छु ।’

आजको यो समयमा हरेक व्यक्ति सोसल मिडियासँग जोडिएका छन् । स्मार्टफोन हाम्रो हात हातमा भएकै कारण हामीलाई सामाजिक सञ्जालमा जोडिन सहज भएको छ । तर यी सञ्जाल चलाउँदा निकै ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?