काठमाडौं – तपाई बिहान उठ्नेबित्तिकै के खानु/ पिउनुहुन्छ ? स्वास्थ्य विज्ञ भन्छन्, ‘बिहानको पेय पदार्थ मनतातो पानी लिएको राम्रो हुन्छ ।’
तर हामीकहाँ अधिकांशले उठ्ने बित्तिकै दुधचियाबाट दिनको शुरुवात गरिरहेका हुन्छन् । चिकित्सकका अनुसार यो राम्रो बानी होईन ।
राति खाना खाएपछि खाली भएको पेटमा हामीले अचानक दुध खाँदा ग्याष्टिकले सताएको मानिसलाई अझ बढी अप्ठेरो र स्वास्थ्य समस्या देखिन्छ ।
चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ ।
दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु नहुने अध्ययनले देखाएको छ ।
यसपटक कोरोना महामारीका कारण धेरैले घरैमा विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गरेर पनि चिया बनाए । जस्तो कि – तुलसी पत्ताको चिया, अदुवा, ल्वाङ, सुकुमेल राखेर बनाइएको चिया, अदुवा राखेर उमालेको चिया ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणा बढी हुने ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनले देखाएको छ । त्यसैले तातो चिया पिउनु स्वास्थ्यको लागि हानीकारक हुन्छ ।
दूध चियाले मोटोपन बढाउने पनि अनुसन्धानले देखाएको छ ।
चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिगार्न पनि सक्छ ।
ग्यास्टिकको समस्या झेलेकाहरुले त दुध चिया मुखमा लैजानै हुँदैन ।
दुध चियामा चियापत्तिको प्रयोग बढी हुने कारणले गर्दा स्वास्थ्यमा प्रतिकुल असर पार्छ ।
चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले सकभर खाली पेटमा दुध चिया खानुहुँदैन ।
बरु मनतातो दुई गिलास पानी पिएर दिनको शुरुवात गर्नुपर्छ । त्यसपछि चिल्लो पिरो अमिलो कम भएको हलुका खालको ब्रेकफास्ट लिनुपर्छ ।
मोटोपन घटाउने नाममा खाँदै नखाने वा एकथरी खानेकुराको तत्व अर्कोथरीको खानेकुराबाट मिल्छ भनेर खानामा तुलना गर्न हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया