काठमाडौं । संसारमा बिभिन्न अनौठा र अचम्मका चिजहरु हुने गर्दछन् । उत्तर कोरीयामा रहेको होटल पनि तिनै मध्येको एक हो । उक्त होटललाई भूत होटल वा श्रापित होटल मान्ने गरिन्छ ।
पिरामिडको आकारमा बनेको यो होटल संसारकै सबैभन्दा लक्जरी र अग्लो होटल हो । तर त्यहाँ भूत रहेको भन्दै ३३ वर्ष यता निर्माण कार्य अधुरो रहेको छ ।
यो अनौठो होटल प्योंगयोंगमा अवस्थित छ । उक्त होटलको आधिकारिक नाम रयुगयोंग हो । तर होटललाई यु क्युंग भनेर पनि चिन्ने गरिन्छ ।
३३० मिटर अग्लो यो होटलमा १०५ वटा कोठाहरु छन् । तर आजसम्म पनि कोहि व्यक्ति त्यहाँ बसेका छैनन् । उत्तर कोरियाले उक्त होटल निर्माणमा ७५० मिलियन डलर खर्च गरेको छ । तर आजसम्म पनि उक्त होटलको ओपनिङ्ग हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार तोकिएको समयसम्म होटल सकिएको भए उक्त होटल सबैभन्दा ठूलो र उचाईमा रहेको सातौँ होटलमा समावेश हुने थियो ।
यो होटलको निर्माण कार्य सन् १९८७ मा शुरु भएको थियो । सन् १९९२ मा होटल बनाउन छोडिएको थियो । तर सन् २००८ मा काम फेरी शुरु गरिएको थियो ।
त्यसबेला लगभग १७ अर्ब रुपैयाँ खर्च भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया