काठमाडौं । यो साताको शरुवातदेखि नै सुन र चाँदीको मूल्य घट्दो क्रमममा देखिएको छ । गत शुक्रवारको तुलनामा आईतवार ६ सय रुपैयाँले ओरालो लागेको छापावाल सुन सोमवार पुन: ७ सय रुपैयाँले ओरालो लागेको छ ।
सोमवार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतवार ९० हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि आईतवारको तुलनामा ७ सय रुपैयाँले घटेर ८९ हजार ५ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।
सोमवार चाँदीको मूल्य पनि घटेको छ । आईतवारको तुलनामा सोमवार चाँदी ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया