डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रदेशस्तरीय सामाजिक विकास कार्यालय स्थापना भएका छन् ।
डडेल्धुराको शिक्षा विकास तथा समन्वय एकाईमा समाजिक विकास कार्यालय स्थापना गरिएको छ ।
सुदूरपश्चिम सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय मातहतमा रहने गरी नौ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णयानुसार डडेल्धुरालगायत जिल्लामा कार्यालय स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख कुलराज सोतीले शिक्षा, युवा तथा खेलकूद, भाषा तथा संंस्कृति, महिला बालबालिका र श्रम तथा रोजगार क्षेत्रका कामकाज जिल्लास्तरबाट सम्पादन गर्ने जिम्मेवारी कार्यालयलाई तोकिएको जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया