श्रीमानले फोन फुटाएको भन्दै श्रीमतीले मागिन् सम्बन्ध बिच्छेद !

श्रीमानश्रमितीबीचको सम्बन्ध हतपत छुट्टिँदैन । तर स साना कुरालाई लिएर पनि संसारमा सम्बन्ध बिच्छेदका घटनाहरु हुने गर्दछन् ।
भारतको भोपालमा एक दम्पतीबीच मोबाइल फोन फुटाएको निहुँमा डिभोर्स हुने भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ती दम्पती फोन खेलाउनमा एकदमै माहिर थिए । उनीहरु जतिबेलै पनि फोन चलाइराख्ने गर्दथे । सोहीक्रममा एकदिन दम्पतीबीच यस्तो घटना भयो कि, उनीहरुको घरबार
नै भत्किने भयो ।

एक दिन श्रीमती मोबाइलमा कोहि व्यक्तिसँग कुरा गरिरहेको पतिले सुने । र, उनले तुरुन्तै फोन खोसेर फुटाइदिए । उनले आफ्नी पत्नीमाथि हातसमेत लगाए ।

पत्नी पनि कहाँ कम थिइन र ? सोझै आफ्नै पतिविरुद्ध उजुरी गर्न प्रहरीकहाँ पुगिन्, त्यो पनि डिभोर्सको निवेदन लिएर । तर, प्रहरीले डिभोर्सको निवदेन दर्ता गराउन मोननन् । बरु, एउटा आइडिया लगाए ।

ति प्रहरी अधिकारीले पति–पत्नीलाई आफूकहाँ लागतार ३ दिन धाउने गरी तारिख तोकिदिए । प्रहरीले उनीहरूलाई ३ दिनसम्म तारिख धाउने भए मात्र डिभोर्स गर्ने आश्वासन दिए ।

नभन्दै ती दम्पतीले पनि पुलिसले भनेजस्तै गरे । उनीहरू प्रत्येक दिन प्रहरीकहाँ धाउन थाले । र, इजलासबाहिर सँगै बस्ने गर्दथे । त्यसबेला उनीहरूसँग कुनै मोबाइल फोन हुँदैनथ्यो ।

उनीहरूसँग हातमा फोन नभएपछि दिनभर पर्खेर बस्दा उनीहरूले आपसमा कुराकानी गर्न थाले । कुराकानीकै क्रममा उनीहरू अलि निजक बने, खुलेर बोल्न थाले । एकअर्काबीच रहेको आशंका पनि हट्यो ।

दुवैले मन माझामाझ गरे अनि आपसमा डिभोर्स नगर्ने समझदारी गरे । अन्ततः उनीहरूले तेस्रो दिन प्रहरीबाट डिभोर्सका लागि दिएको निवेदन नै फिर्ता लिए ।

यसरी आवेशमा आएर घरबार टुटाउन लागेका पति–पत्नीको सम्बन्धलाई कायमै राख्न ती प्रहरीले लगाएको युक्तिले ठूलै काम गर्यो । अन्तिम दिन ती दम्पतीले प्रहरीलाई धन्यवाद दिँदै घर हिँडेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?