काठमाडौं । चीनमा विश्वकै सबैभन्दा ठूलो आकारको लामखुट्टे फेला परेको छ । चीनको सिचुआन प्रान्तका जीव वैज्ञानिकले यस्तो विशाल लामखुट्टेको खोजी गरेर सार्वजनिक गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेटिएको उक्त लामखुट्टेले पखेटा फैलाउँदा यसको आकार ११.१५ सेन्टिमिटर हुने बताइएको छ ।
खबरका अनुसार यसरी भेटिएको लामखुट्टे हालोरुसिया मिकादो प्रजातिको हो । यो प्रजाति यसअघि सबैभन्दा पहिला जापानमा फेला परेको थियो । त्यसपछि गत अगस्टमा चीनमा उक्त प्रजातिको लामखुट्टे फेला परेको हो ।
हेर्दा यो लामखुट्टे निकै डरलाग्दो देखिन्छ । तर राम्रो पक्ष के छ भने, यसले मानिसको रगत चुस्दैन । यो लामखुट्टे फलफूलको रस खाएर बाँच्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया