काठमाडौं । सानिमा माई हाइड्रोले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट १५ प्रतिशत वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद ९कर प्रयोजनको लागि समेत० गरि कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया