चिलिमे जलविद्युत कम्पनीको लाभांश प्रस्ताव, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।

त्यसैगरी, कम्पनीले पुस १२ गते आइतबार कम्पनीको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

मङ्सिर २८ गतेसम्र्म कायम भएका शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?