काठमाडौं – तपाईको सुत्ने कोठामा कत्तिको हावा आवतजावत हुने गर्छ ? जाडोबाट बच्न भन्दै सबै झ्याल ढोका बन्द गरेर त राख्नुभएको छैन ? त्यसो हो भने होशीयार । चिसोयाम बढेसँगै धेरैलाई रुघाखोकी, टन्सील, निमोनिया, हाडजोर्नी दुख्ने लगायतका समस्याले सताउन थालेको छ । वृद्धवृद्धामा दमको समस्या देखिन थालेको छ । त्यसैले जाडोबाट बच्नको लागि धेरैले कोठा न्यानो बनाउन विभिन्न विद्युतिय उपकरण किनेका छन् ।
सक्नेले अलिक महँगो पैसा तिरेर विद्युतिय उपकरण खरिद गर्छन् । केहि स्थानमा मानिसहरु ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यो मौसममा यि यस्ता उपकरण चलाउँदा निकै सावधानी र होसीयारी अपनाउनुपर्छ । अघिल्ला वर्ष यी यस्ता उपकरण र आगो बालेर सुतेका कारण केहि मानिसले मृत्युवरण गर्नुपरेको थियो । कोठामा हावाको आवतजावत नहुने गरी ठप्पै पारेर राख्दा गुम्सीएर, निस्सासीएर, अक्सिजनको मात्रा नपुगेर मानिसको ज्यानै जान सक्छ । तसर्थ विज्ञले दिएका यी सुझावहरु हेरौँ ।
- जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कतिपय यस्तो विषाक्तताका कारण उपचारका ागि धाइरहेका हुन्छन् ।
- हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धाविशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ ।
- चिकित्सकका अनुसार राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । जानकार परिवारका सदस्यले सबैलाई बुझाउनुपर्छ ।
चिकित्सकका अनुसार यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिने । म्याद नाघेका ग्याँस सिलिन्डर बजारमा छ्यापछ्याप्ती भएका कारण आफ्नो भन्छाको उपकरणको मिति हेर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया