बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोडको ऋणपत्र निष्कासन गर्दै, कति दिने आवेदन ?

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेबाट १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्ने जनाएको छ ।

यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ३२ हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकले १० वर्ष अवधिको लागि “१०.२५ प्रतिशत बिओके डिबेन्चर २०८६” नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । मंसिर २४ गते बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?