बाजेको सेकुवाको १३ औं शाखा काठमाडौंको बाफलमा

काठमाडौं । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’काठमाडौंको बाफलमा सञ्चालनमा आएको छ ।

बाजेको सेकुवाको यो १३ औं शाखा हो । बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ ।

यो कम्पनीले कुनै पनि शहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज बिस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ ।

मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रा. लि.ले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल बिस्तारलाई अगाडी बढाइरहेको छ ।

नेपालगन्ज, वीरगन्ज, धनगढी, विर्तामोड, हेटौंडा, बनेपा–धुलिखेल र नेपाल बाहिर अमेरिका, अस्ट्रेलिया, जापान,मलेसीया र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सञ्जाल बिस्तार गरि सक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

उपत्यका बाहिर पोखरा र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्क र डालासमा पनि बाजेको सेकुवा ‘द हिमालयनग्रिल’का रुपमा फ्राञ्चाइज सञ्चालनमा छन् ।

दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले बाफल स्थित बाजेको सेकुवाको फ्राञ्चाइज राम शरण डङ्गोल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५जनाले रोजगारी पाएका छन् ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चारदशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उपत्यका बाहिर २ ओटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १३ ओटा आउटलेटहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?