काठमाडौं । बुधवार नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण एक खर्ब ५९ अर्ब ९० करोड पुगेको छ ।
२०७७ साल असार १५ गते सोमबार नेप्सेमा सूचिकृत भई कारोबार सुरु भएको नेपाल पुनर्बीमा कम्पनीले अहिलेको शेयर बजारका लगानीकर्ताहरुलाई मनग्य प्रतिफल दिने कम्पनीको रुपमा स्थापित भएको छ ।
असार १५ यता नेप्सेमा सबैभन्दा धेरै पटक उच्च कारोबार नेपाल पुनर्बीमा कम्पनीकै भएको छ ।
नेप्सेमा कैयौं दिनसम्म सकारात्मक सर्किट लाग्दै अघि बढेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मंगलबार प्रतिकित्ता १५९९ रुपैयाँमा बिक्री भएको छ । सो आधारमा कम्पनीको बजार पूँजीकरण एक खर्ब ५९ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
जम्मा १० अर्ब लगानीको नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरणको आधारमा सबैभन्दा माथिल्लो तहमा पुग्न अब थोरै मात्र बाँकी छ । १५ करोड कित्ता शेयर सहित नेपाल टेलिकम बजार पूँजीकरणमा सबैभन्दा अगाडि छ । टेलिकमको एक खर्ब ७६ अर्ब २५ करोड रुपैयाँ बजार मूल्याङ्कन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया