विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ८३५ जनाको पिसीआर परीक्षण गरिएकामा ५५ महिलासहित १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई/दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक/एक तथा प्रदेश बाहिरका नौ जना छन् ।
प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । प्रदेशमा आज ९२ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३७७ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २६१ जनाको पिसीआर परीक्षण गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया