काठमाडौं । गुलियो धेरै खान हुँदैन भन्ने जान्दा जान्दै पनि कतिलाई यो नखाइ मनै मान्दैन । हुन पनि गुलियोले टाउको दुखाई, सुुस्त वा हर्मोनल असन्तुलन जस्ता समस्या निम्त्याउँछ । यी सबैका बाबजुद सुगरलाई आफ्नो डाइटबाट हटाउन निकै मुस्किल हुन्छ ।
यस पछाडिको वैज्ञानिक कारण यो छ कि सुुगरले हाम्रो दिमागमा ओपिओइड रेसेप्टर्सलाई एक्टिभेट गर्छ, जसले दिमागको रिवार्ड सिस्टमलाई सुरु गरिदिन्छ ।
सामान्य भाषामा भन्नुपर्दा सुगर वा सुगरबाट बनेका चिज खानाले हाम्रो मुड राम्रो हुन्छ र हामी खुसी हुन्छौं र हाम्रो दिमागलाई यसको आदत नै बन्छ, त्यसैले जब पनि हामी उदास हुन्छौं वा हाम्रो मुड ठिक हुँदैन, तब हामी केही मिठो खान खोज्छौं ।
– सायद तपाईलाई थाहा छैन कि सुगर वा मिठो खाना बन्द गर्दा तपाईको शरीमा धेरै तरिकाका फाइदा देखिन्छन् । अध्ययनका अनुसार जब गुुलियो खान बन्द गरिन्छ, तब यसको असर शरीरमा यस्तो देखिन्छ, जस्तो ड्रग्स छाडेपछि देखिने गर्छ । विज्ञहरुका अनुसार गुलियो वा चिनी छाड्दा सुरुवाती केही दिनमा तपाईलाई थकान, टाउको दुखाई वा तनाव हुनसक्छ । केही मानिसहरु पेटसँग जोडिएका समस्याहरुका कारण उदास पनि महसुस गर्छन् । किनकी यस समय हाम्रो शरीरले ग्लुुकोजलाई कम स्तरमा एडजस्ट गर्ने कोसिस गरिरहेको हुन्छ ।
जसरी तपाईको शरीर सुुगर बिना एडजस्ट हुन अभ्यस्त हुन्छ, तब तपाईले उर्जावान् महसूस गर्न थाल्नुहुन्छ । त्यस्तै, दिनभर निकै इनर्जेटिक महसुस गर्नुहुुन्छ र तनावको समस्या पनि खतम हुनेछ ।
तपाईको डाइटबाट सुगर वा गुलियो हटाउनुको सकारात्मक प्रभाव निन्द्रामा पर्नसक्छ । तपाईलाई राम्रो निन्द्रा आउनेछ, जो तपाईको स्वास्थका लागि निकै जरुरी छ ।
सुगरको कमीले तपाईको तौल पनि नियन्त्रणमा रहन्छ । त्यसो त गुलियो खानाले मात्रै तपाईको तौल बढ्ने होइन, तर यदी तपाई निकै धेरै मात्रामा गुलियो खानुहुन्छ भने वजन बढ्ने समस्या देखिनसक्छ ।
जब तपाईले सुगर या गुुलियो खाना कम गर्नुहुन्छ वा बन्द गर्नुहुन्छ, तब बिस्तारै नै सही तपाईको शरीरको एक्स्ट्रा फ्याट कम हुन थाल्छ, जसकारण तपाईको वजन पनि नियन्त्रित हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया