काठमाडौं । होली रङ-राग, आनन्द-उमङ्ग र प्रेम तथा हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर फरक-फरक ठाउँमा होली अकल्पनीय र अचम्मको तरिकाले खेल्ने गरिन्छ ।
तपाई हामीले होली रङले त खेलेका नै होलाउँ । तर भारतको महादेव नगरी काँशीस्थित वाराणसीको मणिकर्णिका घाटमा शिवभक्त महा-श्मशानमा मृत्यु पछि जलाईएका मानिसहरुको खरानी अर्थात् (भष्म) बाट होली खेल्ने गरिन्छ ।
त्यहाँ फागुनको एकादशीमा बाबा विश्वनाथको पालकी निकालिन्छ र मानिसहरु त्यसको साथ रङहरुको होली खेल्दछन् ।
किनभने त्यस दिन बाबा पार्वतीसँग गाना गाउँदै दरवार फर्किन्छन् भन्ने मान्यता रहेको छ । तर दोश्रो दिन भने बाबा श्मशान घाटमा जलेर खरानी भएको भष्मबाट होली खेल्ने गरेको मान्यता रहेको छ ।
उनी डम्मरु बजाएर त्यो दिन भष्मले होली खेल्ने गरेको मान्यता रहि आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया