शहरमा बस्नका लागि अंग दान गर्नुपर्ने !

काठमाडौं । हाम्रो संसार रहस्यले भरिएको छ । के तपाईलाई शहरमा बस्नका लागि शरीरको कुनै अंग दान गनुपर्दछ भन्ने कुरा कसैले भन्यो भने तपाई मान्नु हुन्छ ? तर यो सत्य कुरा हो ।

हरेक देशमा आ-आफ्नै नीति-नियम, कानून हुने गर्दछन् । अन्टार्कटिकाको एक गाउँ ‘भिल्लस लस एस्ट्रलास’मा लामो समयसम्म बस्न इच्छुकहरुका लागि एउटा शर्त राखिएको छ ।

लामो समयसम्म त्यहाँ रहनका लागि उनीहरुले अपेन्डिक्सको अप्रेशन गर्नुपर्दछ । किनभने त्यहाँबाट सबैभन्दा नजिक रहेको अस्पताल भनेको नै १ हजार किलोमिटर टाढा रहेको छ ।

र त्यहाँ पुग्नको लागि बर्फले ढाकेको पहाड छिचोलेर खतरनाक बाटो हुँदै जानुपर्दछ । त्यहाँ पनि केहि डाक्टरहरुले मात्र अप्रेशन गर्न सक्दछन् ।

यस्तो अवस्थामा यदि कसैलाई अपेन्डिक्सको पीडा भयो भने खतरापूर्ण हुन्छ । त्यहाँ अपेन्डिक्सलाई गैरजरुरी अंग मान्ने गरिन्छ, त्यसैले उक्त अंगलाई त्यहाँ बस्नु छ भने हटाउनै पर्दछ । उक्त रोगलाई एपिन्डीसाइटिस पनि भन्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?