एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको आइपीओ क्लोज, कति पर्‍यो आवेदन ?

काठमाडौं । एनआईसी एशिया डाइनामिक डेब्ट फण्डको इकाईमा ६५ करोड ३८ लाख ४१ हजार ४ सय रुपैयाँ बराबरको आवेदन परेको छ ।

योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले दिएको जानकारी अनुसार उक्त योजनामा ८० हजार ४ सय ९ जनाले ६ करोड ५३ लाख ८४ हजार १ सय ४० इकाइका लागि आवेदन दिएका छन् ।

एनआईसी एशिया क्यापिटलले मंसिर १२ गते, शुक्रबारबाट डाइनामिक डेब्ट फण्डको नाममा प्रति इकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री खुल्ला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको हो ।

त्यसैगरी, खुल्लामुखी योजनाको यो म्युचुअल फन्डमा पर्याप्त आवेदन परेकाले छिट्टै आवेदन बन्द गरिएको क्यापिटलले जनाएको छ । नेपालको शेयर बजारमा यो दोस्रो खुल्लामुखी योजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?