१३ सय भन्दा धेरै रोबर्टको फौजले बनायो विश्व किर्तिमान !

काठमाडौं । एउटा अनौठो विश्व कीर्तिमान कायम गरिएको छ । इटालीले १३ सय भन्दा रोबोटको फौज तयार गरेको छ । जुन फौजका लागि १३ सय भन्दा धेरै रोबोट तयार गरेर विश्व कीर्तिमान कायम भएको हो ।

मान्छेको आकारका १३ सय ७२ वटा रोबोटहरु एकै धूनमा नाचेर गिनिज रेकर्ड बनाईएको हो ।

यो भन्दा अगाडि चीनमा डोबी कम्पनीले एकैसाथ १०६९ रोबोट नचाएर विश्व कीर्तिमान बनाएकोमा यसपटक चीनकै युबिटेक कम्पनीले त्यो रेकर्ड तोडेको छ ।

उसले आल्मुनियम तथा प्लास्टिकबाट बनेका ४० सेमीउचाईका १३ सय ७२ वटा अल्फा वान एस रोबोट नचाएको समाचारमा जनाईएको छ । यो कम्पनीले यसअघि ब्रेक डान्स गर्ने रोबोट बनाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?