काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको सूर्तीजन्य पदार्थ आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ४ महिने वैदेशिक व्यापारको तथयाङ्क अनुसार नेपालले कात्तिक मसान्तसम्म १ अर्ब ५ करोड १ लाख २ हजार रुपैयाँ बराबरको सूर्ती आयात गरेको छ ।
समिक्षा अवधिमा नेपालले ३ करोड ७३ लाख ३७ हजार रुपैयाँ बराबरको सूर्ती निर्यात पनि गरेको छ । ४ महिनाको अवधिमा १ अर्ब ५ करोड रुपैयाँको सूर्ती आयात हुँदा ३ करोड ७३ लाखको निर्यातसँगै सूतीजन्य पदार्थमा मात्र नेपालको १ अर्ब १ करोड २६ लाख ७५ हजार रुपैयाँ बराबरको व्यापारघाटा व्यर्होनु परेको छ ।
४ महिनाको अवधिमा नेपालको कुल व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड ९८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया