काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौधौं वार्षिक साधारण सभा (भोलि) शनिबार हुँदैछ ।
बैंकको कार्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौं वार्षिक साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौँमा डिजिटल प्लाटफर्म मार्फत सञ्चालन हुनेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गरेको थियो । त्यसैले, मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया