काठमाडौं – हरेक जीवित प्राणिलाई माया ममता महशुस हुन्छ । अझ मानिसमा यो विशेष अनुभूति हुन्छ । कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन ।
सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनिहरुको सम्बन्ध राम्रो हुँदैन । आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा आफ्नो सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ ।
यहाँ उल्लेखित कुराहरु विशेषगरी केटीहरुकालागि भएपनि केटाहरुको हकमा पनि उत्तिकै रुपमा लागु हुन्छ ।
१. विश्वासको सिर्जना गर्नुहोस् :
२. आफुलाई माया गर्नुहोस : सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्
३. रहस्यमय मान्छे बन्नुहोस् : ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्
४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् :
५ . उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् :
६. जहिले आत्म विश्वासी बन्नुहोस् : विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन
७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् : पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्
८. प्रतिबन्ध नलगाउनुहोस् : साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।
विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
विवाह भनेको महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ ।
जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि कुराहरु झुट बोल्छन् ।
१. अधिकाशं केटाहरुले आफ्नो कोहीसँग अफियर चलेको कुरा बताउदैनन् ।
२. आफ्नो सबै गलत कुराहरु विवाहपछि छोडिदिन्छु ।
३. तिम्रो र मेरो परीवार बराबर हो ।
४ तिमी संसारको सबैभन्दा राम्री छौ ।
५ तिमी नै मेरो सबै थोक हौ । तिम्रो लागि जे पनि गर्न तयार छ ।
६ हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया