काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ८ मुलुकबाट २७ करोड ६५ लाख ४२ हजार रुपैयाँ बराबरको चुइङ्गम आयात गरेको छ । ४ महिनाको अवधिमा ८ लाख ९८ हजार ५ सय ४३ किलो बराबरको चुइङ्गम आयात गरेको हो ।
भारतबाट सबैभन्दा धेरै ८ लाख ७९ हजार २ सय २६ किलो चुइङ्गम आयात भएको छ । जस्को मूल्य २७ करोड ५ लाख ३० हजार रुपैयाँ रहेको छ । दोस्रोमा बंगलादेशबाट १४ हजार १ सय ७५ किलो चुइङ्गम ३७ लाख ८५ हजार रुपैयाँमा आयात गरिएको छ ।
त्यसबाहेक, हङकङ, इजरायल, टर्कि, युनाईटेड अरब इमिरेट्स, यूनाईटेड किङडम र अमेरिकाबाट आयात भएको छ ।
यस्तै, ४ महिनाको अवधिमा नेपालको कुल व्यापारघाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब १ करोड ९८ लाख ३० हजार रुपैयाँ रहेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया